images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको...

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड अमेरिकी डलर गुमाएको उद्योग सम्वद्ध अधिकारीहरूले आइतबार बताएका छन्।

    images
    images

    दक्षिण एसियाली मुलुकका तीन हजार ५०० गार्मेन्ट फ्याक्ट्रीले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको करिब ८५ प्रतिशत हिस्सा ओगटेका छन्, तर अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो व्यवधान उत्पन्न भएको छ ।

    महिनौँ लामो विरोध प्रदर्शनपछि आवामी लीगका नेता शेख हसिना गत अगस्ट ५ मा हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो भने उहाँले प्रधानमन्त्री पदबाट राजिनामा दिएको सेना प्रमुखले घोषणा गरेका थिए । 

    images
    images

    बङ्गलादेशमा भएको आन्दोलनका कारण भारत पलायन भएकी आवामी लीगकी नेतृ शेख हसिना वाजेदको प्रधानमन्त्री पदबाट राजिनामापछि प्रधानमन्त्री नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ तर गार्मेन्ट फ्याक्ट्रीमा मजदुरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन जारी राखेका छन्।

    यस्ता प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुने गर्दथे। गत सेप्टेम्बर ३० मा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एक गार्मेन्ट कामदारको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

    बंगलादेश गार्मेन्ट्स एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनकी अध्यक्ष कल्पना अख्तरले आइतबार कारखाना मालिक र सरकारको दृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

    अख्तरले एएफपीसँग भन्नुभयो, “ज्याला वृद्धिको बारेमा छलफल तब मात्र हुन्छ जब कामदारहरू सडकमा उत्रन्छन्।”

    उहाँले यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्नका लागि परिवर्तन आवश्यक रहेको बताउँदै अन्यथा श्रमिकहरू चुप लागेर नबस्ने चेतावनी दिनुभयो । 

    बङ्गलादेश चीनपछि कपडाको दोस्रो ठूलो निर्यातकर्ता हो र लेभिज, जारा र एच एन्ड एमलगायत विश्वका धेरै शीर्ष ब्रान्डहरू आपूर्ति गर्दछ।

    बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष खान्देकर रफिकुल इस्लामले चुनौतीपूर्ण समयबाट गुज्रेपछि उद्योग अहिले स्थिर रहेको बताउनुभयो । 

    इस्लामले शनिबार पत्रकारहरूसँग कुरा गर्दै अगस्टयता करिब ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गर्दै भन्नुभयो, “सेनाले कारखानाहरूको सुरक्षाका लागि एक कार्यदल गठन गरेको छ, र उनीहरूले गार्मेन्ट क्षेत्रहरूमा सुरक्षा सुनिश्चित गर्न नियमित गस्ती गरिरहेका छन् ।”

    “क्रेताहरूले बङ्गलादेशी पहिरनमा आफ्नो विश्वास पुनः प्राप्त गरेका छन्, तर स्थिरता कायम गर्न निर्बाध कानून र व्यवस्था आवश्यक छ,” उहाँले भन्नुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend