images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अतिरिक्त बिल–रसिद...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अतिरिक्त बिल–रसिद नचाहिने

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अतिरिक्त बिल–रसिद नचाहिने

images
images
शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब अनावश्यक बिल, रसिद वा थप कागजात बोक्नुपर्ने बाध्यता नरहेको स्पष्ट पारेको छ।

    images
    images

    यसअघि विमानस्थलमा प्रस्थान गर्दा हवाई टिकटको बिल तथा म्यानपावर कम्पनीलाई तिरेको रकमको रसिद देखाउनुपर्ने व्यवस्था रहेको थियो। तर पछिल्लो निर्णयअनुसार अब ती कागजात अनिवार्य नरहेको विभागले जनाएको छ।

    विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने श्रमिकका लागि राहदानी ९पासपोर्ट० र वैदेशिक रोजगार विभागबाट प्राप्त श्रम स्वीकृति भए मात्र पर्याप्त हुन्छ।

    images
    images

    हालै सञ्चारमाध्यममा आएका विभिन्न समाचारका कारण श्रमिकहरूमा अन्योल उत्पन्न भएको भन्दै विभागले सो भ्रम हटाउन स्पष्ट सूचना जारी गरेको हो। अतिरिक्त कागजात अनिवार्य गरिएको भन्ने बुझाइ गलत रहेको विभागको भनाइ छ।

    गृह मन्त्रालयको निर्णय तथा प्रचलित कानुनी व्यवस्था अनुसार यात्रुहरूलाई अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्यले यो व्यवस्था स्पष्ट पारिएको जनाइएको छ।

    विभागले विदेश जान तयारी गरिरहेका नेपाली श्रमिकलाई अफवाहमा नपरी आवश्यक कागजात मात्र सुनिश्चित गरी यात्रा गर्न आग्रह समेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend