images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित...

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः नेपाली सेना

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः नेपाली सेना

images
images
मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

    images
    images

    सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए ।

    प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

    images
    images

    “शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्य सम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले भने । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend