images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • विश्व खाद्य मञ्चको बैठकमा भाग लिन...

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

images
images
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् । 

    images
    images

    संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारी सहितको प्रतिनिधि मण्डल आज त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए । 

    मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ । बैठक १८ अक्टोबर सम्म सञ्चालन हुने जनाइएको छ ।

    images
    images

    प्रतिनिधि मण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापा लगायत रहेको पोखरेलले जानकारी दिए । 

    नेपाली प्रतिनिधि मण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend