images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • लक्ष्मी नर्सरीको समुद्घाटन, शिव न्यौपानेलाई प्रेरणाको...

लक्ष्मी नर्सरीको समुद्घाटन, शिव न्यौपानेलाई प्रेरणाको स्रोतका रूपमा स्मरण

लक्ष्मी नर्सरीको समुद्घाटन, शिव न्यौपानेलाई प्रेरणाको स्रोतका रूपमा स्मरण

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । महालक्ष्मी नगरपालिका–३, बाक्लोगाउँमा लक्ष्मी नर्सरीको औपचारिक समुद्घाटन गरिएको छ। वरिष्ठ कलाकार तथा लोकप्रिय हास्यकलाकार किरण केसी ‘राता मकै’को शुभहस्तबाट नर्सरीको समुद्घाटन गरिएको हो।

    images
    images

    प्रकृति, हरियाली तथा जैविक उत्पादनप्रति आकर्षण बढाउँदै स्थानीय स्तरमा हरित वातावरण निर्माण गर्ने उद्देश्यले लक्ष्मी नर्सरी सञ्चालनमा ल्याइएको बताइएको छ। नर्सरीको उद्घाटन कार्यक्रममा प्रकृतिप्रतिको प्रेम, जैविक उत्पादनको प्रवर्द्धन, स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणको आवश्यकताबारे चर्चा गरिएको थियो।

    सो अवसरमा सामाजिक सञ्जालमा चर्चित शिक्षक होमराज पौडेलले अस्ट्रेलियामा आधारित नेपाली लेखक तथा ‘फलाङ फुड डिक्सनरी’का लेखक एवं कम्पाइलर शिव न्यौपानेलाई आफ्नो प्रेरणाको महत्वपूर्ण स्रोतका रूपमा स्मरण गरेका छन्।

    images
    images

    पौडेलले खाद्य संस्कृति, जैविक उत्पादन, प्रकृति तथा वातावरणीय सचेतनाका क्षेत्रमा न्यौपानेले गर्दै आएको गतिविधिबाट आफू प्रभावित भएको बताएका छन्। उनका अनुसार न्यौपानेको काम र अभियानले आफूलाई जैविक तरकारी, फलफूल तथा विभिन्न हरियालीजन्य बिरुवाको प्रवर्द्धनतर्फ अघि बढ्न प्रेरणा दिएको हो।

    ‘फलाङ फुड डिक्सनरी’मार्फत खाद्य संस्कृति र परिकारसँग सम्बन्धित विषयलाई दस्तावेजीकरण गर्दै आएका न्यौपानेले पछिल्लो समय पुनःप्रयोग तथा पुनर्चक्रणयोग्य सामग्रीको संकलन, वातावरणीय चेतना र सामाजिक सेवाका क्षेत्रमा समेत गतिविधि गर्दै आएका छन्। उनले अघि सारेको ‘फोहोर मोहर हो’ भन्ने अवधारणाले प्रयोगपछि फालिने सामग्रीलाई समेत सामाजिक योगदानको माध्यम बनाउन सकिने सन्देश दिँदै आएको छ।

    लक्ष्मी नर्सरीको सुरुवातलाई पनि प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई थप बलियो बनाउने सकारात्मक अभियानका रूपमा हेरिएको छ। नर्सरीमा तरकारी, फलफूल तथा विभिन्न प्रकारका हरियालीजन्य बिरुवाको प्रवर्द्धनमार्फत स्थानीय समुदायलाई वातावरण संरक्षण र जैविक उत्पादनसँग जोड्ने लक्ष्य राखिएको छ।

    नर्सरी सञ्चालकका अनुसार व्यवसायिक गतिविधिसँगै वातावरणीय चेतना, स्थानीय उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकता दिँदै अघि बढ्ने योजना छ। स्थानीयस्तरमा हरियाली विस्तारसँगै स्वस्थ तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले नर्सरी सञ्चालनमा ल्याइएको हो।

    लक्ष्मी नर्सरीको उद्घाटनसँगै सुरु भएको अभियानले प्रकृतिप्रेम, श्रम, आत्मनिर्भरता र हरित भविष्यको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend