काठमाडौँ । भाइरल शिक्षकका रूपमा परिचित होमराज पौडेल अस्ट्रेलियामा आधारित लेखक तथा संकलक शिव न्यौपानेको सिर्जनात्मक यात्रा र समाजमा सकारात्मक प्रभाव पार्ने कार्यबाट प्रेरित भएका छन्।
नेपालको पहिलो विश्वव्यापी परिकारसम्बन्धी शब्दकोश ‘फलाङ फुड डिक्सनरी’ का लेखक तथा संकलक न्यौपानेले शब्द, ज्ञान र सिर्जनाका माध्यमबाट नेपाली भाषा तथा संस्कृति र विश्वका परिकारसम्बन्धी जानकारीलाई जोड्ने प्रयास गर्दै आएका छन्।
न्यौपानेको सिर्जनात्मक सोच, निरन्तरता र समर्पणबाट प्रभावित हुँदै शिक्षक पौडेलले उनको यात्रालाई प्रेरणाको स्रोतका रूपमा लिएका हुन्।
शिक्षा, साहित्य, ज्ञान र सिर्जनशीलता मार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य बोकेका यी दुई व्यक्तित्वबीचको प्रेरणादायी सम्बन्धले सिर्जनशील कामले अर्को पुस्ताका व्यक्तिलाई समेत प्रेरित गर्न सक्ने सन्देश दिएको छ।
शब्द र ज्ञानको क्षेत्रमा आ–आफ्नो योगदान दिँदै आएका पौडेल र न्यौपानेको सहकार्य तथा प्रेरणाको यो सम्बन्ध आगामी दिनमा थप सिर्जनात्मक पहलका लागि आधार बन्न सक्ने देखिन्छ।




.gif)





