काठमाडौं- सिम्रिक एयरले आईपीओ निष्कासनको प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभा बोलाएको छ।म्पनीलेफागुन २८ गते काठमाडौं-३२ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा साँझ ५ बजेबाट सुरु हुने गरी सभा बोलाएको छ।सभाले कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने र धितोपत्रको सार्वजनिक निष्कासन (आइपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको नियमावलीमा संशाधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखारीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।सोही सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।




.gif)



