images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रवि लामिछानेको राहदानी दुरुपयोगको रिट न्यायाधीशद्वय...

रवि लामिछानेको राहदानी दुरुपयोगको रिट न्यायाधीशद्वय मल्ल र निरौलाको इजलासमा पेसी

रवि लामिछानेको राहदानी दुरुपयोगको रिट न्यायाधीशद्वय मल्ल र निरौलाको इजलासमा पेसी

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।राहदानी दुरुपयोगमा मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ताको निर्णयविरुद्ध २०७९ चैत २० गते दर्ता भएको रिटमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

    images
    images

    यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।तत्कालीन महान्यायाधिवक्ता पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेशसमेत माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भनी पासपोर्ट निवेदन फारम भरेर नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको उनले जिकिर गरेका छन् ।राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई निष्कर्ष निकालेको दाबी पनि पौडेलले गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend