images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • तारकेश्वरको एक घरबाट १६ लाखभन्दा बढीको...

तारकेश्वरको एक घरबाट १६ लाखभन्दा बढीको धनमाल चोरी

तारकेश्वरको एक घरबाट १६ लाखभन्दा बढीको धनमाल चोरी

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय ४३ वर्षीय मोहन बाबु श्रेष्ठको घरमा गए राति अज्ञात समूहले सुनका विभिन्न गरगहना र नगदसहित करिब १६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको हो।

    images
    images

    चोरी भएको धनमालमा महँगा सुनका गहना र उल्लेख्य नगद रहेको बताइएको छ। प्रहरीले घटनाको सूचना पाउनेबित्तिकै घटनास्थल पुगेर मुचुल्का उठाएको छ र अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजीका लागि महानगरीय प्रहरी वृत्त र मातहतका टोलीहरू परिचालन गरिएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend