images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मनोनयन दर्ताकै दिन अदालतले १ करोड...

मनोनयन दर्ताकै दिन अदालतले १ करोड धरौटी मागेपछि बोले रवि लामिछाने

मनोनयन दर्ताकै दिन अदालतले १ करोड धरौटी मागेपछि बोले रवि लामिछाने

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले देश निर्वाचनमय भएपनि आफू सहभागी हुन नपाएको बताएका छन् ।उनले मंगलबार सामाजिक सञ्चालन फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । 

    images
    images

    उनले भने,देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर विडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकि आजै देशका तीन वटा (पर्सा, काठमाडौँ र रुपन्देही)  अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ । अरू अदालतको आदेश आउँदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । उनले आफूमाथि गरिएको पाप र अत्याचारको हिसाब–किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिने समेत बताए । उनले सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाइएको समेत बताए । 

    उनले भने,'देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू ।'आफूलाई जिउँदो छोडेर एउटा गुण लगाइएको उल्लेख गर्दै उनले भने, 'म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु । फेरि पनि भन्छु म अभिमन्यु होइन ।'

    images
    images

    d

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend