images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • अमेरिकी अतिरिक्त करसम्बन्धी चेतावनीको जवाफ दिन...

अमेरिकी अतिरिक्त करसम्बन्धी चेतावनीको जवाफ दिन युरोप तयार’

अमेरिकी अतिरिक्त करसम्बन्धी चेतावनीको जवाफ दिन युरोप तयार’

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • ब्रसेल्स, बेल्जियम, ४ माघ । युरोपेली नेताहरूले ग्रिनल्याण्ड सम्बन्धी आफ्नो योजनाको विरोध गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने धम्कीको आइतबार प्रतिवाद गरेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ’गल्ती’ नगर्न वासिङ्टन सँग आग्रह गर्नुभएको छ। 

    images
    images

    ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्किएपछि व्यक्त गरेको डेनमार्कको स्वायत्त क्षेत्र आर्कटिक टापु कब्जा गर्ने आफ्नो इच्छालाई लुकाएको पाइदैन । हालैका हप्ताहरूमा यो दाबीले ट्रान्सएटलान्टिक सम्बन्धलाई गहिरो रूपमा हल्लाएको छ ।

    उहाँले शनिबार फेरि आक्रमण बढाए र आठ युरोपेली देशहरूले सैन्य अभ्यासको एक भागको रूपमा ग्रीनल्याण्डमा केही दर्जन सेना पठाएपछि अतिरिक्त कर लगाएर दण्डित गर्ने चेतावनी दिनुभयो । 

    images
    images

    ट्रम्पसँग राम्रो सम्बन्ध भएको मानिएकी प्रधानमन्त्री मेलोनीले युरोपलाई आर्थिक रूपमा दण्डित गर्नु आफ्नो गल्ती भएको बताउनुभएको छ । 

    उहाँले भन्नुभयो, “मलाई विश्वास छ, अहिले नयाँ प्रतिबन्ध लगाउनु गल्ती हुनेछ । मैले केही घण्टाअघि डोनाल्ड ट्रम्पसँग कुरा गरेको थिएँ र उहाँसँग आफ्नो धारणा बताएकी थिएँ ।”

    यद्यपि, मेलोनीले पत्रकारहरूलाई ग्रीनल्याण्डमा युरोप र अमेरिकाबीच ‘समझदारी र सञ्चारको समस्या’ रहेको भन्दै द्वन्द्वलाई कम गर्ने प्रयास पनि गर्नुभयो । 

    उहाँले बढ्दो सङ्कटमा सक्रिय भूमिका खेल्ने नाटोको जिम्मेवारी रहेको बताउनुभयो । 

    बेलायती संस्कृति मन्त्री लिसा नन्दीले बीबीसीसँगको अन्तर्वार्तामा भन्नुभएको छ, “बेलायती प्रधानमन्त्री केइर स्टार्मरले जतिसक्दो चाँडो ट्रम्पसँग यस विषयमा छलफल गर्ने योजना बनाइरहनु भएको छ।” 

    “हामी विश्वास गर्छौँ कि यो गम्भीर रूपमा असहयोगी र प्रत्युत्पादक छ । प्रधानमन्त्रीले यसलाई स्पष्ट पार्न पछि हट्नुहुनेछैन,” उहाँले भन्नुभयो । 

    यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युरोपेली सङ्घलाई आफ्नो शक्तिशाली ‘एन्टी–कोएर्सियन इन्स्ट्रुमेन्ट’ प्रयोग गरेर खतराको सामना गर्न आह्वान गर्नुभयो । 

    पहिले कहिल्यै प्रयोग नगरिएको यो ‘एन्टी–कोएर्सियन इन्स्ट्रुमेन्ट’ उपायलाई इयूको व्यापार ‘बाजुका’ भनिन्छ र यसले वस्तु र सेवाहरूको आयातमा अङ्कुश लगाउन अनुमति दिन्छ ।

    ट्रम्पले फेब्रुअरी १ देखि लागु गर्नेगरी डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्याण्डबाट अमेरिका पठाउने सबै सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिनुभएको छ । 

    ‘ग्रीनल्याण्डको पूर्ण सामान खरिदका लागि सम्झौता नहुँदासम्म’ जुन १ देखि उक्त कर २५ प्रतिशत बढाइने राष्ट्रपति ट्रम्पले बताउनुभयो । 

    इयूले गत जुलाईमा यहाँबाट अमेरिकी हुने अधिकांश निर्यातमा १५ प्रतिशत कर लगाउने सम्झौता गरेको थियो।  इयूले आइतबार ब्रसेल्समा आफ्ना राजदूतहरूको असाधारण बैठक बोलाएको छ ।
     
    युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले शनिबार करवृद्धिले ‘ट्रान्सएटलान्टिक’ सम्बन्धलाई कमजोर पार्नेछ र सम्बनधमा खतरनाक ओरालो लाग्ने जोखिम हुने बताउनुभएको छ।(रासस।एएफपी)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend