images

२०८३ आश्विन १६ गते

images
images
images

एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि

एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • झापा, ४ माघ । मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन् । विद्यावारिधि गर्नेमा डा टीका भण्डारी, डा हरिप्रसाद कट्टेल, डा जीवनमणि पौडेल, डा केदारमणि नेपाल र डा डिल्लीराम भण्डारी हुनुहुन्छ ।

    images
    images

    पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गर्नुभएको थियो । उहाँहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ । सङ्गीतकार, गायक एवं रेडियो नेपालका पूर्वनिर्देशक डा टीका भण्डारीले विद्यावारिधि हासिल गरेर वडाको शैक्षिक पहिचानलाई समेत चिनाउन पाएकामा गर्व अनुभूति भएको बताउनुभयो ।

    कवि शिरोमणि माविमा अध्ययन पूरा गरेका समकालीन पाँच  विद्यार्थीलाई पढाइको उपल्लो खुट्किलो मानिएको विद्यावारिधि तह पूरा गर्न विद्यालय र आफ्नो गाउँको वातावरणले महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको डा हरिप्रसाद कट्टेल बताउनुहुन्छ । पाँचै जना सानैदेखि आपसमा मिल्ने र पढाइमा जेहेन्दार रहेको उहाँले बताउनुभयो । उहाँहरूले विद्यावारिधि गरेको विषय भने फरकफरक रहेको छ । 

    images
    images

    कवि शिरोमणि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका पाँच जनाले विद्यावारिधि गरेको खबरले नयाँ पुस्ताका विद्यार्थीलाई मिहिनेत गरेर पढ्नका लागि प्रेरणा मिलेको बताउनुभयो । 

    “एउटै वडाका एउटै विद्यालय पढेका पाँच साथीले यती ठूलो शैक्षिक सफलता पाउनु समग्र वडाकै गौरवको विषय हो”, थापाले भन्नुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend