images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी...

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता

images
images
बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • काबुल, १ माघ (सिन्ह्वा) गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

    images
    images

    कानुन बमोजिम आवाश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरुमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । मन्त्रालयका अनुसार उनीहरुले आवाश्यक मानवीय सहयोग आफ्नो गृह प्रान्तमा पुग्नु अघि नै  सीमाबाट भित्रिने वित्तिकै प्राप्त गरेका छन् । 

    गत वर्षको जुलाईमा अफगान विदेश मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार दश हजार  भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने ती मध्ये अधिकाशं अफगानहरुले छिमेकी इरान र पाकिस्तानमा कैद जिवन विताई रहेको बताइएको छ ।रासस 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend