images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • हालसम्म १० जीवन बीमा कम्पनीले घोषणा...

हालसम्म १० जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

हालसम्म १० जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • १० पुस, काठमाडौं । गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट अहिलेसम्म १० जीवन बीमा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।लाभांश घोषणा गरेका जीवन बीमा कम्पनी अधिकांशले नगदलाई प्राथमिकता दिएका छन् । ६ जीवन बीमा कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ४ ले न्यून दरमा बोनस सेयर र उच्च दरको नगद लाभांश घोषणा गरेका छन् ।

    images
    images

    लाभांश घोषणा गरेकामध्ये दुई कम्पनी नेपाल लाइफ र सिटिजनको बुक क्लोज सम्पन्न भइसकेको छ । बुक क्लोज भइसकेका कम्पनीको सेयर अब खरिद गर्दा लाभांश पाइँदैन ।त्यस्तै दुई कम्पनी आईएमई र सानिमा रिलायन्सको सेयरमा शुक्रबार बुक क्लोज हुँदैछ । तसर्थ ती कम्पनीको सेयरमा पनि लाभांश समय घर्किसकेको छ । बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गर्दा वा होल्ड गर्दा लगानीकर्ताले लाभांश पाउनेछन् भने साधारणसभामा पनि भाग लिएर आफ्नो अधिकार उपयोग गर्न सक्छन् ।

    तर बुक क्लोजपछि खरिद भएको सेयरमा यो वर्षलाई दुवै अधिकार रहँदैन । बाँकी अरु कम्पनीको सेयर खरिद गर्दा अझै लाभांशको मौका रहेको छ । यसपटक जीवन बीमा कम्पनीहरूले उत्साहपूर्ण लाभांश घोषणा गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सबैभन्दा धेरै २१ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

    images
    images

    जीवन बीमा कम्पनीहरूले घोषणा गरेको लाभांश 

    कम्पनी सेयर बोनस नगद लाभांश बुक क्लोज
    नेपाल लाइफ ५ १६.०५ सम्पन्न
    आईएमई लाइफ ० १०.५२६३ पुस ११
    सानिमा रिलायन्स ० १०.१७८ पुस ११
    प्रभु महालक्ष्मी ४ ४.४२१ पुस २१
    सन नेपाल ५ १५.२६३ पुस १४
    नेसनल लाइफ ४ ८.५ पुस १७
    लाइफ इन्स्योरेन्स कर्पोरेसन ० २१.०५ पुस १७
    रिलायबल नेपाल ० १२ पुस २१
    सूर्यज्योति लाइफ ० १३ पुस १८
    सिटिजन लाइफ ० २० सम्पन्न

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend