images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस...

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • २८ मंसिर, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ ।लघुवित्तको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट चुक्ता पूँजीकाे कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । जसमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश छ ।

    images
    images

    जीवन विकासले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट पनि शेयरधनीलाई १४ प्रतिशतका दरले नै बोनस सेयर उपलब्ध गराएकाे थियाे ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गर्ने संस्थाले जनाएकाे छ ।काेशी, मधेश र बागमती प्रदेशमा साढे तीन लाख सदस्यकाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेकाे जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ छ ।१४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुग्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend