images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • च्याटजीपीटीमा एडल्ट मोड थपिँदै, वयस्क प्रयोगकर्ताले...

च्याटजीपीटीमा एडल्ट मोड थपिँदै, वयस्क प्रयोगकर्ताले पाउने छन् यस्ता सुविधा

च्याटजीपीटीमा एडल्ट मोड थपिँदै, वयस्क प्रयोगकर्ताले पाउने छन् यस्ता सुविधा

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौँ । ओपन एआईले वयस्क प्रयोगकर्ताहरूका लागि च्याटजीपीटीमा Adult Mode (एडल्ट मोड) नामक नयाँ सुविधा थप गर्ने भएको छ । कम्पनीको एप्लिकेसन्सका सीईओ फिजी सिमोका अनुसार यो मोड २०२६ को पहिलो त्रैमासिकमा सुरु हुने अपेक्षा गरिएको छ ।ओपनएआईले यसलाई 'वयस्क प्रयोगकर्ताहरूसँग वयस्क जस्तै व्यवहार गर्ने' नीतिको रूपमा चर्चा गरेको छ । यो नयाँ प्रयोग च्याटबटमाथि लगाइएका कडा सुरक्षा नियन्त्रणहरू (गार्डरेल्स) को प्रतिक्रिया स्वरूप आएको हो, जसले धेरै प्रयोगकर्ताका लागि एआई कम उपयोगी वा कम रमाइलो लागेको गुनासो सम्बोधन गर्नेछ । धेरै प्रयोगकर्ताहरूले एआईले उनीहरूलाई बालबालिकालाई जस्तो व्यवहार गरेको महसुस भएको बताउने गरेका छन् ।

    images
    images

    यस्ता हुनेछन्, विशेषता

    यो मोडले भेरिफाइड वयस्क प्रयोगकर्ताहरूलाई यौन साहित्य (erotica), रोमान्स र कामुक कथा लेखन जस्ता एडल्ट सामग्री सिर्जना गर्न र पढ्न अनुमति दिनेछ । प्रयोगकर्तालाई बालबालिकालाई जस्तो व्यवहार गर्ने गार्डरेलको नियन्त्रण बाहिर राख्नु यो मोडको उद्देश्य हो । यसले गर्दा प्रयोगकर्ताहरूले हिंसा वा यौनको बारेमा खुलेर सामग्री सिर्जना गर्न सक्छन् ।एडल्ट मोडले कुराकानीमा बढी स्वतन्त्रता र यथार्थपन ल्याउनेछ । प्रयोगकर्ताहरूले आफ्नो जीवनसँग सम्बन्धित, तर साथीहरू वा चिकित्सकहरूसँग कुरा गर्न नचाहेको विषयहरूमा पनि संवाद गर्न सक्नेछन् ।

    images
    images

    यो अपडेटले वयस्क प्रयोगकर्ताहरूलाई च्याटबटसँग अन्तरक्रिया गर्ने तरिकामा थप स्वतन्त्रता दिनेछ । प्रयोगकर्ताहरूले आफ्नो एआई असिस्टेन्टको व्यक्तित्व (personality) कस्टमाइज गर्न सक्नेछन् । जसमा थप मानवीय वा साथीजस्तो व्यवहार गर्ने 'फ्रेन्ड मोड' पनि समावेश हुने बताइएको छ ।केही प्रयोगकर्ताहरूले यो मोड सक्रिय भएपछि मानसिक स्वास्थ्य (डिप्रेसन) जस्ता संवेदनशील विषयहरूमा पनि छलफल गर्न सजिलो हुने आशा गरेका छन् ।यद्यपि यो अपडेटको लक्ष्य 'च्याटजीपीटी पोर्न' सुविधा उपलब्ध गराउनु भने नरहेको ओपनएआईले स्पष्ट पारेको छ । प्लेटफर्ममा नयाँ अपडेट पश्चात् पनि केही कडा प्रतिबन्ध तथा सीमाहरू लागु हुनेछन् ।

    यो मोडमा पहुँच पाउन प्रयोगकर्ताहरूले अनिवार्य रूपमा आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ । ओपनएआईले उमेर पहिचानका लागि बलियो चेक-जाँच र मनिटरिङ टुल प्रयोग गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले व्यवहारमा आधारित उमेर अनुमान गर्ने प्रविधि पनि विकास गरिरहेको छ ।नाबालिग, गैरकानुनी कार्य वा असहमति जन्य यौन विषयवस्तु समावेश भएका सामग्रीहरू पूर्ण रूपमा प्रतिबन्धित रहनेछन् । धेरैजसो एडल्ट सुविधाहरूमा पहुँच नियन्त्रण गर्न र जोखिम कम गर्नका लागि शुल्क तिरेर वा प्रमाणित गरिएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुने सम्भावना रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend