images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर...

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बंैकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार सेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बंैकको १८ आंै वार्षिक साधारणसभावाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।

    images
    images

    उक्त अग्राधिकार सेयर जारी गरेसँगै विकास बैंकको पुँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयरमा लगानीको उचित माध्यम हुनेछ । नेपाल राष्ट्र बंैकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend