स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले ५.६३ प्रतिशत बोनस सेयर र करसहित ४.३६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।





.gif)



