काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । मंसिर २६ गते स्मार्ट दरबार शंखपार्कमा बस्ने साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।सभाले यसअघि सञ्चालक समितिले निर्णय गरेबमोजिम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्यतालिका राखेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




.gif)



