माई खोला हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गतेका लागि ५ औँ वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेदेखि शुरू हुनेछ । लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको सभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव बोर्डमा दर्ता भइसकेकाले सोलाई निरन्तरता दिने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र अन्य कम्पनीमा लगानी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी त्यसलाई पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरूको बैठक भत्ता तथा सुविधा सम्बन्धमा, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र आयोजना पुनर्निमाणका लागि ऋण थप गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।




.gif)



