सेवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव सहित मंसिर २७ गतेका लागि चौधौं वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि शुरू हुनेछ । सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने, गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।




.gif)



