images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नबिल बैंकको सवा १ लाख कित्ता...

नबिल बैंकको सवा १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नबिल बैंकको सवा १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  •  ०२ मंसिर, काठमाडौं। नबिल बैंकको सवा १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।बैंकको संस्थापक समूहको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि निवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।शेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले काठमाडौंको तीनधारास्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend