images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • आज ९.७८ अंकले बढ्यो नेप्से, ३...

आज ९.७८ अंकले बढ्यो नेप्से, ३ अर्ब ९४ करोडको कारोबार

आज ९.७८ अंकले बढ्यो नेप्से, ३ अर्ब ९४ करोडको कारोबार

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ । आज १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज सहास उर्जाको सर्वाधिक १८ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको १६ करोड ३० लाख  रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन बन्दीपुर केवलबारका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी र बुङगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।भूगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend