images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • वृन्दावनका दुई घरमा सुरुङ खनेर १२...

वृन्दावनका दुई घरमा सुरुङ खनेर १२ लाख बराबरको धनमाल चोरी

वृन्दावनका दुई घरमा सुरुङ खनेर १२ लाख बराबरको धनमाल चोरी

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • रौतहट । रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार मध्यराति  चोर समूहले एकै रात दुई घरमा सुरुङ खनेर प्रवेश गरी झण्डै १२ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको छ । वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले ब्रह्मदेव चौधरीको घरको भित्तामा सुरुङ खनेर भित्र पसेका थिए । उनीहरूले ७ लाख मूल्यका सुनचाँदीका गरगहना, ८० हजार नगद, र विभिन्न महत्त्वपूर्ण कागजात चोरी गरेका छन् ।

    images
    images

    सोही क्रममा चोर समूहले छिमेकी दुखा राउत कुर्मीको घर पनि लक्षित गर्दै सुरुङ बाटै प्रवेश गरेको थियो । त्यहाँबाट ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन र कागजातसमेत लिएर फरार भएको सहनीले बताए ।पीडित चौधरीका अनुसार घटना घट्दा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए । चोरहरूले घरमा रहेको लत्ता–कपडा समेत खेततर्फ लगेर फालेको उनले जानकारी दिए ।

    घटनाले स्थानीय बलेरीवासी  निकै असुरक्षित महसुस गरिरहेको बताउँदै तत्काल सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।इलाका प्रहरी कार्यालय गरुडामा घटना बारे सूचना पुगेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend