images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • बोटलर्स नेपाल तराईको प्रतिसेयर आम्दानी ९०५...

बोटलर्स नेपाल तराईको प्रतिसेयर आम्दानी ९०५ र बालाजुको ६०८ रुपैयाँ

बोटलर्स नेपाल तराईको प्रतिसेयर आम्दानी ९०५ र बालाजुको ६०८ रुपैयाँ

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • २८ कात्तिक, काठमाडौं । कोकाकोला उत्पादन तथा वितरक बोटलर्स नेपालका दुवै कम्पनीको नाफा उल्लेख्य बढेको छ ।सञ्चालित दुई प्लान्ट सम्बद्ध कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो । बोटलर्स नेपाल बालाजुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८ करोड ४३ लाख रुपैयाँ थियो ।

    images
    images

    बिक्री आम्दानी बढ्दा नाफामा उल्लेख्य प्रभाव परेको छ । बिक्री आम्दानी पहिले ३ अर्ब रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६९ करोड रुपैयाँ छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ ।वार्षिक प्रतिसेयर आम्दानी ६०८ रुपैयाँ छ । पहिले यस्तो आम्दानी १५८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३,३५० रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १६ हजार रुपैयाँ छ ।

    त्यस्तै बोटलर्स नेपाल तराईको पनि नाफा उल्लेख्य बढेको छ । चितवनमा सञ्चालित यो प्लान्ट सम्बद्ध कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ८ करोड १८ लाख रुपैयाँ थियो ।बिक्री आम्दानीले नै नाफामा सकारात्मक प्रभाव पारेको छ । बिक्री आम्दानी गत आवको पहिलो त्रैमासमा २ अर्ब २ करोड रुपैयाँ रहेकोमा यो आवको पहिलो त्रैमासमा २ अर्ब ६१ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९०५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३,१४२ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १० हजार ८०० रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend