काठमाडौँ,२६ कार्तिक। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको हो योसँगै बैठकले हकप्रद सेयर पनि निष्कासन गर्ने निर्णय गरेको छ।
बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत बैठकले गरेको छ।
साथै,कम्पनीले आगामी पुस ४ गते (शुक्रबार) बिहान ९ बजे काठमाडौंको थिरबम सडकस्थित आप्रपाली ब्यान्क्वेटमा आफ्नो तेह्रौं वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ।




.gif)





