images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ३.२१ अंकको वृद्धि, कारोबार भने...

नेप्सेमा ३.२१ अंकको वृद्धि, कारोबार भने ३ अर्ब ६२ करोडमा सीमित

नेप्सेमा ३.२१ अंकको वृद्धि, कारोबार भने ३ अर्ब ६२ करोडमा सीमित

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा आइपुगेको छ ।नेप्सेमा यसदिन ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज साहस ऊर्जाको सर्वाधिक ३५ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँ, एनआरएनको २६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन शाइन रेसुङगा डिबेञ्चर र बन्दीपुर केबलकारका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, माबिलुङ र सागर डिष्टिलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।नेपाल एसबिआई डिबेञ्चर २०८३ का इकाईधनीले आज सर्वाधिक ९.३९ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend