images

२०८३ आश्विन २२ गते

images
images
images

एभरेष्ट भेन्चर्सको ७ प्रतिशत लाभांश घोषणा

एभरेष्ट भेन्चर्सको ७ प्रतिशत लाभांश घोषणा

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ, २५ कात्तिक । एभरेष्ट भेन्चर्सले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय हो। यो बोनस सेयर वितरणार्थ कम्पनीले करबापत लाग्ने ४ लाख ८७ हजार ९७४ रुपैयाँ नगद लाभांशका रुपमा छुट्याएको छ।

    images
    images

    लाभांश पारित गर्न कम्पनीले आउँदो मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा बिहान ९ बजेबाट सुरु हुनेछ।सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

    कम्पनीले ४९ लाख रुपैयाँ कर्जा लिने र त्यसका लागि अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले कम्पनीको लेखापरीक्षण, जोखिम व्यवस्थापन समिति पुनर्गठन र लगानीका सम्बन्धमा लिइएको निर्णयहरु पनि अनुमोदन गर्नेछ।चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend