images

२०८३ आश्विन २२ गते

images
images
images

बन्दीपुर केबलकारको सेयर नेप्सेमा सूचिकृत

बन्दीपुर केबलकारको सेयर नेप्सेमा सूचिकृत

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर सूचिकृत भएको छ। सोमबार कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता सेयर गरी कुल २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।

    images
    images

    पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend