images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ३०.०२ अंकको गिरावट, ४ अर्ब...

नेप्सेमा ३०.०२ अंकको गिरावट, ४ अर्ब ९० करोडको कारोबार

नेप्सेमा ३०.०२ अंकको गिरावट, ४ अर्ब ९० करोडको कारोबार

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं,२३ गते कार्तिक  ।  साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ ।नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज युनियन हाइड्रोपावरको सर्वाधिक २७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्योरेन्सको २३ करोड ५३ लाख रुपैयाँ र तेस्रोमा एनआरएनए इन्फ्रास्ट्रक्चरको २१ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, माबिलुङ इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend