काठमाडौं,२३ गते कार्तिक । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंक बढेर २५९८.३९ को विन्दुमा आएको छ।यस सेसनमा ५८ लाख ९१ हजार १२२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४० कम्पनीको ८ हजार ९३४ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



