images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १२.१७ अंकको वृद्धि, कारोबार भने...

नेप्सेमा १२.१७ अंकको वृद्धि, कारोबार भने ४ अर्ब ६८ करोडमा सीमित

नेप्सेमा १२.१७ अंकको वृद्धि, कारोबार भने ४ अर्ब ६८ करोडमा सीमित

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौं। साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ को विन्दुमा आइपुगेको छ ।नेप्सेमा यसदिन ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज युनियन हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्ट्रिलरीको ३२ करोड ७०६ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको ३१ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले आज सर्वाधिक ७.४८ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend