images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब...

नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडमा सीमित

नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडमा सीमित

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको छ ।नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ३४ लाख ३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड माथिको सेयर कारोबार भएको छ । आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २७ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएन राधी विद्युतको २२ करोड ४६ लाख रुपैयाँ र तेस्रोमा युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन मालिबिङ इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, फस्र्ट माइक्रफाइनान्सका लगानीकर्ताले ९.२० प्रतिशतका दरले कमाएका छन् ।मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend