images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • स्काइपिक एडभेन्चर्स पार्क लिमिटेडले आईपीओको लागि...

स्काइपिक एडभेन्चर्स पार्क लिमिटेडले आईपीओको लागि नियुक्त गर्यो बिक्री प्रबन्धक

स्काइपिक एडभेन्चर्स पार्क लिमिटेडले आईपीओको लागि नियुक्त गर्यो बिक्री प्रबन्धक

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडाैं । स्काइपिक एडभेन्चर्स पार्क लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को लागि बिक्री प्रबन्धकको रूपमा नाबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले यसको लागि कार्तिक १ गते सम्पन्न साधारण सभाबाट निर्णय गरेको थियो। सोही निर्णयको आधारमा नबिलसँग नियुक्तिको सम्झौता गरिएको हो।सम्झौतापत्रमा बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र कम्पनीको तर्फबाट कार्यकारी संचालक श्री पोस्टबहादुर खड्काले हस्ताक्षर गरेका छन्।

    images
    images

    साहसिक पर्यटकीय पूर्वाधार तयार गरी व्यवसायिक अर्थोपार्जन गर्ने उद्देश्य बोकेको यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ८८ करोड रुपैयाँ रहनेछ। प्रबर्धक बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेड, आरकेडी होल्डिङ लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड र १ हजार जना व्यक्तिहरूको गरी जम्मा ६९ करोड ५२ लाख रुपैयाँको चुकता पूँजी रहेको छ। आईपीओ अन्तर्गत, प्रति कित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १८ करोड ४८ लाख रुपैयाँको शेयर प्रस्ताव गरिने कम्पनीले उल्लेख गरेको छ।

    यसैगरी आईपीओ प्रयोजनको लागि इक्विटी रेटिङ गर्न कम्पनीले क्यर रेटिङ लिमिटेडसँग पनि सम्झौता गरेको छ। यसको लागि क्यर रेटिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झा र कम्पनीको तर्फबाट संचालक धुर्व प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।कम्पनीले बन्दीपुरमा केवलकारसँगै संचालनमा ल्याउनेगरी विश्वकै सबैभन्दा लामो (९७ मिटर) क्यान्टिलिभर स्काई-ब्रिज, बन्जी-जम्प, सोप-स्विङ, स्काई ग्लास वाक-थ्रू, मेटल टावर क्लाइम्बिङ, बी-लेट जम्प, मेकानिकल स्विङ, क्याप्सुल लिफ्ट, भयूज-रुम टावर, एज-वाक, स्काई डाइनिङ, फ्लाइङ डाइनिङ, एटिभी सफारी, आदियोगी धार्मिक-पार्क, रक-क्लाइम्बिङ, पिकनिक क्याम्प लगायतका साहसिक पर्यटकीय गतिविधिका पूर्वाधारहरू निर्माण गरिरहेको छ। यो परियोजनाको कुल लागत १ अर्ब ७० करोड रुपैयाँ रहेको छ।

    images
    images

    विश्वकै सबैभन्दा लामो (९७ मिटर) क्यान्टिलिभर स्काई-ब्रिज, बन्जी-जम्प, सोप-स्विङ बाहेकका बाँकी सम्पूर्ण पूर्वाधार २०८२ फागुन मसान्तभित्र व्यवसायिकरूपमा संचालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ। हालसम्म कम्पनीले बैंकिङ ऋण नलिएको निजको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ। सम्पूर्ण परियोजना निर्माण सम्पन्न हुने अंतिम चरणमा मात्र बैंक ऋण लिने नीति रहेको वित्तीय निर्देशक श्री धुर्व प्रसाद पौडेलले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend