images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • रिभर फल्स पावरको हकप्रद बाँडफाँड, अवितरित...

रिभर फल्स पावरको हकप्रद बाँडफाँड, अवितरित सेयर लिलाममा आउने

रिभर फल्स पावरको हकप्रद बाँडफाँड, अवितरित सेयर लिलाममा आउने

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । रिभर फल्स पावर लिमिटेडले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर बाँडफाँड गरेको छ।कम्पनीले गत साउन २२ गतेसम्म कायम सेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरी कात्तिक १४ गते शुक्रबार बाँडफाँड गरेको हो।

    images
    images

    निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका ७६ हजार ५१७ जना सेयरधनीहरूलाई ५९ लाख ६१ हजार ७६ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ।बाँडफाँडपछि कम्पनीको १० लाख ३८ हजार ९२४ कित्ता हकप्रद शेयर बाँकी बसेको छ। यसरी बाँकी बसेको अवितरित सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गरिनेछ।साथै आफ्नो कामय हकभन्दा बढी माग गरी आवेदन दिएका शेयरधनीहरूले बाँडफाँडमा नपरेको सेयर बापतको रकम आज कात्तिक १६ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend