images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • साताको अन्तिम दिन ३४ अंकले बढेर...

साताको अन्तिम दिन ३४ अंकले बढेर बन्द भयो नेप्से, साढे ७ अर्ब माथिको कारोबार

साताको अन्तिम दिन ३४ अंकले बढेर बन्द भयो नेप्से, साढे ७ अर्ब माथिको कारोबार

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६००.३८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.४० अंकले बढेर ४५२.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटा परिसूचकको सेयर मूल्य घटेको छ ।  परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोड बढीको कारोबार भएको बजारमा आज साढे ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ५३ हजार ११२ पटक खरिद बिक्री हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend