काठमाडौं। साताको चौथो तथा अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढेर २५६८.४० को विन्दुमा आइपुगेको छ ।यस सेसनमा २१ लाख १२ हजार २८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस अवधिमा ३४ कम्पनीको ६ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएको हो । सेसन अवधिभरमा नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।




.gif)



