images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • ५.१७ अंकले घट्यो नेप्से परिसूचक, ५...

५.१७ अंकले घट्यो नेप्से परिसूचक, ५ अर्ब ४५ करोडमाथिको कारोबार

५.१७ अंकले घट्यो नेप्से परिसूचक, ५ अर्ब ४५ करोडमाथिको कारोबार

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ।कारोबारका क्रममा दिउँसो ११ ः ४६ बजे र १२ ः २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन । आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भयो ।

    images
    images

    ८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशत बढे ।अन्य समूह १.२० प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।

    दुई कम्पनी उपकार लघुवित्त र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मानुषी लघुवित्तको ९.९१, हिमालयन पावर पार्टनरको ८.७४ तथा आशा लघुवित्तको ७.६८ प्रतिशत मूल्य बढ्यो ।पन्चकन्या माइ हाइड्रोपावरको ३.६९, सिनर्जी पावरको ३.२१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend