images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • कात्तिक १४ गते लगानीकर्ताहरूले धितोपत्र बोर्डमा...

कात्तिक १४ गते लगानीकर्ताहरूले धितोपत्र बोर्डमा प्रदर्शन गर्ने

कात्तिक १४ गते लगानीकर्ताहरूले धितोपत्र बोर्डमा प्रदर्शन गर्ने

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • सेयर लगानीकर्ताहरूले पुँजी बजार सुधार, विस्तार र आधुनिकीकरणको माग गर्दै नेपाल धितोपत्र बोर्ड अगाडि प्रदर्शन गर्ने भएका छन्। उनीहरूले ‘हिन्द काठमाडौं संघर्ष अभियान’ नामक आन्दोलनको घोषणा गरेका छन्।सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको संयोजकत्वमा आन्दोलनको घोषणा भएको हो।  

    images
    images

    अभियान अन्तर्गत लगानीकर्ताहरूले २८ बुँदे ज्ञापनपत्र तयार पारेका छन्। कात्तिक १४ गते लगानीकर्ताहरू बोर्ड पुगेर उक्त मागपत्र औपचारिक रूपमा बुझाउने तयारीमा छन्।

    लगानीकर्ताका प्रमुख मागहरू यस्ता छन्ः 

    images
    images

    १. सुधारका नीति र कार्यक्रम कार्यान्वयन गर्न असफल भए बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिनु पर्ने। 

    २. गैरआवासीय नेपालीलाई समान कर प्रणालीसहित दोस्रो बजारमा स्वतन्त्र प्रवेश र बहिर्गमनको व्यवस्था गर्नुपर्ने। 

     
     

    ३. सेयर बिक्रीपछि भुक्तानीमा ढिलाइ भए दलाल कम्पनीबाट ब्याज दावी गर्न पाउने अधिकार लगानीकर्तालाई दिनुपर्ने।

    ४. बैंकहरूले कुल कर्जाको २० प्रतिशतसम्म सेयर धितो कर्जा दिन पाउने व्यवस्था मिलाउनुपर्ने।

     

    ५. ब्रोकर कमिशनमा ५० प्रतिशत कटौती गरी अन्य शुल्क हटाउनुपर्ने।

    ६. छोटो अवधिका लगानीमा ५ प्रतिशत र दीर्घकालीन लगानीमा शून्य प्रतिशत पूँजीगत कर कायम राख्नुपर्ने।

    ७. बजार व्यापार समय साँझ ५ बजेदेखि राति ९ बजेसम्म विस्तार गर्नुपर्ने।

    ८. इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ, स्टक स्प्लिट र डेरिभेटिभ बजार तत्काल सञ्चालनमा ल्याउनुपर्ने।

    ९. आइपिओ प्रक्रियामा हुने अनियमितता र भ्रष्टाचार अन्त्य गर्नुपर्ने।

    १०. बजारमा सर्किट ब्रेकर १० प्रतिशत वृद्धि र ५ प्रतिशत घट्दासमेत लागू गर्नुपर्ने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend