काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो।
आईपीओमा कुल १६ लाख ९१ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए । आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो। कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।
आईपीओमा मागभन्दा ८.६४ गुणा बढी आवेदन परेकाले बाँडफाँट गोलाप्रथाको आधारमा गरिएको हो। त्यसअनुसार २ लाख ५१ हजार ४९ जनाले सेयर प्राप्त गरेका छन् । तीन जनाले अतिरिक्त १/१ कित्ता थप पाई ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।




.gif)





