images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड...

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो ।

    images
    images

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६४ गुणाले बढी हो ।कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

    कम्पनीको शेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन भने १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend