काठमाडौँ । तिहारपछि पुनः खुलेको सेयर बजार आइतबार सामान्य वृद्धि सहित बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ५.१९ अंकले बढेर २,५०९.०४ बिन्दुमा पुग्दै बन्द भयो। यो अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले वृद्धि हो।
नेप्सेमा आज २७ हजार ८९९ पटकको कारोबारमा ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच भएका छन्। ती कारोबारहरूको कुल मूल्य २ अर्ब ६६ करोड रुपैयाँ बराबर रहेको नेप्सेले जनाएको छ।
कारोबारमा सहभागी ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४६ कम्पनीको घटेको र ४ कम्पनीको स्थिर रहेको छ।
उपसमूहगत सूचकमा हेर्दा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ। बाँकी सबै उपसमूहहरू घटेका छन्।
विश्लेषकहरूको भनाइमा तिहारपछि लगानीकर्तामा हल्का सकारात्मक मनोवृत्ति देखिए पनि बजार अझै स्थिर अवस्थामा पुगेको छैन।




.gif)





