काठमाडौँ । कात्तिक ९, शिव श्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहका अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको छ। कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद बिक्रीपछि बाँकी रहेका ८ लाख ६५ हजार ८४५ कित्ता शेयर लिलामीमा राखिएको हो।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। इच्छुक लगानीकर्ताले आवेदन दिन कम्तीमा १०० कित्ता र बढीमा १० को पूर्णांकमा बाँकी जान सक्ने अथवा सम्पूर्ण कित्ता माग गर्न सक्ने व्यवस्था गरिएको छ।
लिलामीका लागि बोलपत्र कात्तिक २० गते बिहीबारदेखि कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म पेश गर्न सकिनेछ। बोलपत्र गोप्य शिलबन्दी फारममा बुझाउनुपर्नेछ।
बोलपत्र फारम र अन्य विवरण सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, साथै सिटिजन्स बैंकका शाखाहरू – कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडाबाट प्राप्त गर्न सकिनेछ।
उक्त लिलामीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले लगानीकर्ताहरूलाई उचित मूल्यमा शेयर प्राप्त गर्ने अवसर प्रदान गर्न लिलामी प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गरिने जनाएको छ।




.gif)





