काठमाडौँ । कात्तिक ७, छठ पर्व नजिकिँदै जाँदा महोत्तरी जिल्लामा केराको कारोबार उल्लेखनीय रूपमा बढेको छ। पर्वमा भगवान सूर्यलाई अर्घ अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को माग हाल स्थानीय बजारमा अत्यधिक बढेको व्यापारीहरूले बताएका छन्।

सदरमुकाम जलेश्वर, बर्दिबास, गौशाला, रामगोपालपुर, औरही लगायतका मुख्य बजार देखि ग्रामीण हाटसम्म अहिले केरा किन्ने ग्राहकहरूको भीड देखिएको छ। गौशालाका केरा व्यापारी अजय कुशवाहाका अनुसार यस वर्ष व्यापारीहरूले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेका छन्।
“गोदाममा पर्याप्त मात्रा केरा उपलब्ध भएकाले यसपटक व्रतालुलाई केराको अभाव नहुनेछ,” कुशवाहाले भने।

तर, माग बढे सँगै मूल्यमा भने वृद्धि भएको छ। औरही नगरपालिकाका घनश्याम यादवका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघडी मूल्य करिब १ हजार रुपैयाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो।
व्यापारीहरूको भनाइमा चितवन, नवलपरासीको सुस्ता, कोशी प्रदेशको भण्टाबारी लगायतका नेपाली क्षेत्रहरू र भारतका सितामढी, दरभंगा जस्ता सीमावर्ती बजारहरूबाट करिब १ करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ।
स्थानीय व्यापारीहरूले माग अझै केही दिनसम्म बढ्ने अनुमान गरेका छन्।




.gif)





