images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्से सूचक सेयर बजार २२.५८ अंकले...

नेप्से सूचक सेयर बजार २२.५८ अंकले घट्यो,

नेप्से सूचक सेयर बजार २२.५८ अंकले घट्यो,

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेको छ। लगातारको गिरावटका कारण लगानीकर्ताहरूको ठूलो रकम डुबेको छ।

    images
    images

    बुधबार ३१८ वटा कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको छ। बजारमा गिरावटका क्रममा १२ वटा उपसूचक राताम्मै देखिएका छन्।

    यस दिन समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ। यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, विकास बैंक समूह १.५७ प्रतिशतले र फाइनान्स समूह १.३१ प्रतिशतले घटेका छन्।

    images
    images

    बजारमा गिरावट आए पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबारमा देखिएको छ। कम्पनीको २० करोड ५४ लाख ४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

    कारोबार रकमको आधारमा दोस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स कम्पनी ९१३ करोड ४९ लाख ९१ हजार०, तेस्रो स्थानमा यूनियन हाइड्रोपावर (१२ करोड ९८ लाख ६१ हजार), र चौथो स्थानमा बुटवल पावर कम्पनी (९ करोड १५ लाख ४४ हजार) रहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend