images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • आईपीओ प्रस्ताव पारित गर्दै नेक्सजेन म्यानेजमेन्टको...

आईपीओ प्रस्ताव पारित गर्दै नेक्सजेन म्यानेजमेन्टको साधारणसभा सम्पन्न

आईपीओ प्रस्ताव पारित गर्दै नेक्सजेन म्यानेजमेन्टको साधारणसभा सम्पन्न

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन लिमिटेडको आठौँ वार्षिक साधारणसभाले सेयर धनीहरूलाई सार्वजनिक निष्कासन (आईपीओ) मा जाने प्रस्ताव पारित गरेको छ। कम्पनीको चुक्ता पुँजी ५० करोड पुर्‍याउने लक्ष्यसहित प्रिमियममा संस्थापक सेयर निष्कासन र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको हो।

    images
    images

    आश्विन ३ गते होटल एलो पगोडामा कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८१–८२ को वित्तीय प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति समेत अनुमोदन गरेको छ। यसबाहेक, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गर्ने लगानीलाई पनि सभाले स्वीकृति प्रदान गरेको छ।

    सभाको प्रारम्भमा प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले उपस्थित सेयरधनी तथा महानुभावहरुलाई स्वागत गर्दै कम्पनीको उद्देश्य परिवर्तन र सार्वजनिक शेयर निष्कासनको आवश्यकतामाथि प्रकाश पारेका थिए । कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले कम्पनीको विगत, वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी गराएका थिए । यसैगरी, सञ्चालक अजयकुमार मिश्रले उद्योग व्यवसायमा लगानी गर्दाका जोखिम र समयानुकूल लगानीका फाइदाबारे अवगत गराएका थिए।

    images
    images

    साधारण सभामा संस्थापकहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रित मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाह लगायतले कम्पनीबारे विभिन्न जिज्ञासा राखेका थिए, जसको अध्यक्ष शाह र प्रबन्ध सञ्चालक भट्टराईले जवाफ दिएका थिए ।२०७५ सालमा स्थापना भएको नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको छ। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको खुद मुनाफा जगेडा कोषमा सारेको छ। हाल यसको नेटवर्थ अङ्कित मूल्य १०० भन्दा बढी रहेको कम्पनीले नयाँ लगानीकर्ताहरूलाई समेट्दै आफ्नो आकार र व्यवसाय वृद्धि गर्ने लक्ष्य राखेको प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend