images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय स्वतन्त्र पार्टीमा रूपान्तरणका लागि तोसिमाका...

राष्ट्रिय स्वतन्त्र पार्टीमा रूपान्तरणका लागि तोसिमाका चार सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीमा रूपान्तरणका लागि तोसिमाका चार सुझाव

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टीमा ‘रिफर्मेसन’ (रूपान्तरण) को माग गर्दै एक खुल्ला पत्र लेखेकी छन् । उनले पार्टीका संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै जेनजी आन्दोलनले ल्याएको नयाँ परिस्थितिको सामना गर्न पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन्।

    images
    images

    डा. कार्कीले आफ्नो पत्रमा हालै सम्पन्न जेनजी आन्दोलनलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा दिएकी छन्। उनले तत्कालीन सरकारको नृशंस दमनका कारण ७२ जनाको निधन भएकोर हजारौँ घाइते भएको उल्लेख गर्दै अहिले नेपाल गम्भीर सङ्कटको दोसाँधमा उभिएको बताएकी छन्। डा. कार्कीका अनुसार यो आन्दोलनले नेपाल राष्ट्रलाई पुरानो अवस्थामा रहन नसक्ने गरी आमूल परिवर्तनको माग गरेको छ। यसै सन्दर्भमा उनले जेनजी मात्र नभई जेन अल्फा पुस्ताका भावनाहरूलाई पनि समावेश गरी सबै वर्ग, क्षेत्र र उमेर समूहका पीडा र अपेक्षालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएकी छन्।

    उनले भनिन्–  ‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो।’  यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ। डा.कार्कीले पार्टीको नेतृत्व, सिद्धान्त र कार्यक्रमको पुनःमूल्यांकन गरी आजको समयले खोजेको मध्यमार्गी राजनीतिक शक्ति निर्माणको प्रक्रिया तत्काल सुरु गर्न माग गरेकी छन्।डा. कार्कीले जेनजी आन्दोलनको आकाङ्क्षा बमोजिमको परिवर्तनलाई संस्थागत गर्न अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग पनि वार्ता गरी अगाडि बढ्न रास्वपालाई अनुरोध गरेकी छन्।

    images
    images

    551177178_1344319930367454_1772142381706903612_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend