images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आजबाट नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर...

आजबाट नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला

आजबाट नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंककोे हकप्रद सेयरमा आज असोज २ गतेदेखि बिक्री खुला भएको छ ।बैंकले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गरेको छ।बैंकको हकप्रद सेयर प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

    images
    images

    यस हकप्रदमा सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। सेयरधनीहरुले हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन पाउनेछन्।

    बैंकले हकप्रद सेयर जारी प्रयोजनार्थ गत भदौ ९ गते बुकक्लोज गरेको थियो। यसर्थ भदौ ८ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend