images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • श्रीनगर एग्रीटेकको आईपीओमा स्थानीयले आवेदन दिने...

श्रीनगर एग्रीटेकको आईपीओमा स्थानीयले आवेदन दिने म्याद थपियो

श्रीनगर एग्रीटेकको आईपीओमा स्थानीयले आवेदन दिने म्याद थपियो

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आईपीओमा उद्योग प्रभावित स्थानीयले आवेदन दिने म्याद थपिएको छ।कम्पनीले गत भदौ ११ गतेबाट पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले गत भदौ १५ गतेसम्म आवेदन दिने व्यवस्था रहेको थियो। स्थानीयलाई भने भदौ २५ गतेसम्म आवेदन म्याद रहेकोमा अब २ दिन थप गरेर भदौ ३१ गतेसम्म कायम गरिएको हो।

    images
    images

    नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्नेछ।कम्पनी जारी पुँजीको १ प्रतिशतले हुन आउने १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँबराबरको १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको छ। यो आईपीओमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीयले खरिद आवेदन पेस गर्न सक्नेछन्।

    स्थानीयले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीयले नबिल बैंकका तानसेन, पाल्पा र फरसाटिकर शाखा, एनएमबि बैंकका तानसेन र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकको तानसेनबाट आवेदन दिन सक्नेछन्। श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आईपीओ बिक्री प्रबन्धकमा नबिल इम्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend