images

२०८३ आश्विन २३ गते

images
images
images

बन्दीपुर केवलकारको आईपीओ सोमबार बाँडफाँड हुने

बन्दीपुर केवलकारको आईपीओ सोमबार बाँडफाँड हुने

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँड गरिने भएको हो ।

    images
    images

    कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो । यस आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ ।कम्प

    नीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ। पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न पछि  कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। 

    images
    images

    कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरी बाँकी बसेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend